एभरेष्ट बैंकले ६ महिनामा ९७ करोड रुपैयाँ नाफा कमायो

बुद्धबार, माघ २६, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । चालु आवको पुससम्म बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार बैंकको नाफा, निक्षेप र कर्जा लगानी बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १ प्रतिशत तलछ ।

कर्जा र निक्षेपबीचको ब्याज दर अन्तरल ४.८९ प्रतिशत र कर्जा र निक्षेप अनुपात ७६.६० पैसा रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसा छ ।

पुससम्म बैंकले ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ७६ अर्ब रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी पनि विस्तार भई ७२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ५५ अर्ब रुपैयाँ थियो ।

रियलस्टेटमा ४ अर्ब १३ करोड, सेयर कर्जा १ अर्ब ३६ करोड, टर्म लोन १६ अर्ब ९९ करोड, ओभरड्राफट र चालु पुँजी कर्जामा ३० अर्ब ७९ करोड रुपैयाँ लगानी भएको बैंकले जनाएको छ ।

हालसम्म बैंकको चुक्तापुँजी ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकले गत आवमा गरेको नाफाबाट सेयर धनीलाई ७० प्रतिशत बोनस सेयर दिएको छ । आउदो असारसम्म बैंकले ८ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनुपर्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411