रुरल माइक्रोफाइनान्स र नेपाल बैंक बिच रकम निशुल्क रकमान्तर गर्ने सम्झौता

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर र नेपाल बैंकले बैंकिंग कारोबार गर्ने सम्बन्धमा सम्झौता गरेका छन् । बैंकहरुमा अन्तर बैंक महसुलले आजित बनेका सेवाग्राहीलाई राहत दिनका लागि दुई संस्थाले बिनाशुल्क रकमान्तर गर्ने सम्झौता गरेका हुन् ।

नेपाल बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरले नेपाल बैंकको कुनै पनि शाखामा रहेको बैंक खाताबाट आफ्ना साझेदार संस्थाहरुलाई रकम ट्रान्सफर गर्दा तथा साझेदार संस्थाहरुले पनि बैंकको कुनै पनि शाखाबाट सो खातामा रकम जम्मा गर्दा शुल्क लाग्ने छैन ।

नेपाल बैंक धेरै शाखा संजाल भएको ठूलो वाणिज्य बैंक हो भने रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लघुवित्त संस्थाहरुलाई थोक कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्था हो ।

यो सम्झौताबाट रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरका दुई सयभन्दा बढी साझेदार लघुवित्त संस्थाहरु निशुल्क रकमान्तर सुविधाबाट लाभान्वित हुने विज्ञप्तीमा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411