भैरवकुण्ड हाइड्रो पावरले ३० करोडको साधारण सेयर निष्कासन गर्ने

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारदेखि सेयर निष्कासन गर्ने तयारी भएको अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीले हालसम्म ७३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

कम्पनीले साढे ३ मेगावाटको भैरवकुण्ड आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । कम्पनीले ०६५ मा भैरवकुण्ड आयोजना निर्माण सुरु गरेको  थियो ।

यस्तै कम्पनीको अध्यक्षमा सुरेन्द्र भण्डारीलाई पुनः चयन गरेको छ । समितिको संचालकमा राजेश श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र केदार थापा छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411