सेयर बजार ४ अंकले घट्यो, १३२ कम्पनीको शेयर ३२ करोडमा किनबेच

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौं । मंगलबार बजार खुलेपछि ओरालो लाग्ने क्रम सुरु भई केही बेर पछि सुधारिन थाल्दा अन्त्यमा बजार चार दशमलव २४ अंकको गिरावट झेल्दै बन्द भएको हो ।  १३२ कम्पनीको ११ लाख ८५ हजार कित्ता शेयर ३२ करोड रुपैंयामा किनबेच भएका छन् ।

नेप्से परिसुचक १३४९.०९ अंकबाट घटेर १३४४.६० अंकमा आईपुग्दा एक सय ३२ कम्पनीका ११ लाख ८५ हजार सात सय ६४ कित्ता सेयरहरु तीन हजार छ सय ५९ पटक किनबेच भएका छन् ।

यस क्रममा प्रभु बैंकको अधिक सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, चिलिमे जलविद्युत, एभरेष्ट बैंक, नबिल बैंक, इन्भेष्टमेण्ट बैंक लगायतले पछ्याएका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव शुन्य चार अंकले घटेर २९१.९५ अंकमा आईपुग्दा होटल समुहमा ४१ दशमलव सात अंकको गिरावट आएको छ । त्यसै गरी बीमा समुहमा २३ दशमलव ५६ अंकको गिरावट आएको बजारमा वाणिज्य बैंकमा पाँच दशमलव १५, जलविद्युतमा छ दशमलव २१, विकास बैंकमा तीन दशमलव २६ अंकको गिरावट आएको छ । अन्य समुह तीन दशमलव १८ अंकले बढ्दा वित्त समुहमा शुन्य दशमलव तीन सात अंकको मात्र सुधार आएको छ ।

३७ कम्पनीको सेयरमूल्य बढ्ने क्रममा शिर्ष १० स्थानमा पर्ने कम्पनीहरुमा नेपाल बैंक, सानिमा माई हाइड्रो, सिनर्जी फाइनान्स, अरुण फाइनान्स, हाम्रो विकास बैंक लगायत कम्पनीहरु रहेका छन् ।

अधिक सेयर मूलय घट्नेको सूचीमा साना कम्पनीको वर्चस्व हुँदा महिला सहयात्रा लघुवित्त शिर्ष स्थानमा छ भने तिनाउ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स लगायत केही लघुवित्त तथा फाइनान्स कम्पनी रहेका छन् ।

बजारमा गिरावट आउने क्रममा समग्र बजार पूँजीकरण साढे चार अर्ब रुपैंयाले घटेको छ । मंगलबार १५ खर्ब १२ अर्ब ९५ करोड रुपैंयाको बजार पूँजीकरण भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411