नेपाल बैंकको ६ महिना कै नाफा १ अर्ब ८९ करोड नाघ्यो, ८०%ले वृद्धि, प्रतिशेयर आम्दानी ५८

मंगलवार, माघ २५, २०७३ साल,
काठमाडौ । नेपाल बैंक लिमिटेडले चालु बर्षको दोस्रो त्रैमासमा मुनाफा ८० दशमलव ७९ प्रतिशतले वृद्धि गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा १ अर्ब ४ करोड ८१ लाख रुपैंया मात्र कमाएको थियो ।

बैंकको निक्षेपमा ५ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ८४ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ संकलन गरी कर्जामा ७० अर्ब ८१ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ४० दशमलव ६६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा १ सय १५ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो ।

यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा १८ करोड ९० लाख रुपैंया छुट्याएको छ भने २७ करोड १३ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ ।

बैंकको निस्क्रिय कर्जा १ प्रतिशतले घटेर २ दशमलब ८५ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति ३ दशमलव १ प्रतिशतले घटेर १२ दशमलब २१ प्रतिशत रहेको छ ।

बैंंक ९ल्द्यी० को प्रतिशेयर आम्दानी ५८ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ७५ प्रतिशत रहेको छ ।

६ अर्ब ४९ करोड ९४ लाखरुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा २ अर्ब २६ करोड ३५ लाख रुपैंया राखेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411