नेप्से परिसुचक १५ अंकले घट्दा २३ करोड रुपैयाँको शेयर किनबेच

सोमबार, माघ २४, २०७३ साल,
काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १५.६६ अंकले ओरालो लागेर परिसूचक १३४८.८४ विन्दुमा पुग्दा समग्र बजार १.१५ प्रतिशतले झरेको छ ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले ओरालो लागेको छ । यो दिन १३४ कम्पनीको छ लाख २७ हजार आठ सय ४० कित्ता सेयर २३ करोड ६१ लाख ५१ हजार सात सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागी रहेको छ ।

साताको पहिलो दिन १७.९५ अंकले ओरालो लाग्दा परिसूचक १३६४.५० विन्दुमा पुगेको थियो । त्यो दिन १२२ कम्पनीको ६ लाख ३३ हजार सात सय ७८ कित्ता सेयर २६ करोड १४ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा निकै गिरावट आएको छ ।

यो दिन अन्य समूह बाहेकको परिसूचक ओरालो  लागेका छन् । अन्य समूहको परिसूचक १।७४ अंकले उकालो लागेको छ भने सबै भन्दा बढी बिमा समूहको परिसूचक १२४.३ अंकले ओरालो लागेको छ । त्यस्तै होटेल समूहको परिसूचक ४८.९४,  बैंकिङ समूहको १५.९६, विकास बैंक समूहको १४.१३, वित्त समूहको ९.१२ र जलविद्यूत समूहको ४।६६ अंकले ओरालो लागेको छ ।

यो दिन प्रभू बैंकको सबै भन्दा बढी एक करोड ३५ लाख ६७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै डिप्रोक्स डेभलपमेन्ट बैंकको एक करोड १५ लाख ५८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको एक करोड सात लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411