कृषि विकास बैंकले ६ महिना मै ९० करोड ६६ लाख रुपैयाँ मुनाफा कमायो

सोमबार, माघ २४, २०७३ साल,
काठमाडौं । कृषि विकास बैंकले यस वर्षको दोस्रो त्रैमाससम्ममा मुनाफा ९० करोड ६६ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा १३३ दशमलव ९६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ३८ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ९ अर्ब २९ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६ दशमलव ०९ प्रतिशत वृद्धि गरी ८७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ८७ अर्ब ५ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८२ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै खुद व्याज आम्दानीमा ५७ दशमलव १९ प्रतिशतले बढेर ३ अर्ब १० करोड ९८ लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफामा १ सय ५८ प्रतिशत बढेर ६८ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले प्रोभिजनमा ८६ करोड ९० लाख रुपैयाँ राखेको छ भने ६५ करोड ४० लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको जोखिम युत्त सम्पत्ति ३ दशमलव ७४ प्रतिशतले बढेर १६ दशमलव ४१ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ५४ प्रतिशतले रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २९ दशमलव ४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ८४ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411