तरलता समस्या समाधानका निम्ति उद्यमी व्यवसायीको ध्यानाकर्षण

शुक्रबार, माघ २१, २०७३ साल,
काठमाडौं । विकास निर्माणका ठूला परियोजनामा लगानी गर्न पर्याप्त रकम मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा नरहेको जनाउँदै उद्यमी व्यवसायीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसङ्घले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर गत असोजदेखि सुरु भएको तरलता अभावबारे जानकारी गराएको थियो ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले हाल बंैकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर बढ्दै गएको, रकम अभावले सञ्चालनमा रहेका परियोजनाका काम अवरुद्ध भएको र बढ्दो ब्याजदरले देशको औद्योगिक क्षेत्रको लागत बढेकाले त्यसको असर उपभोक्तामा परेको वास्तविकता अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

प्रतिनिधिमण्डलले मुलुकको वित्तीय प्रणालीमा उत्पन्न तरलताको समस्या समाधान गर्न नीतिगत सुझावसमेत प्रस्तुत गरेको थियो । कर्जाको बढ्दो ब्याजदरले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, आयात बढ्ने, लगानीमा गिरावट आउने, निर्यातमा असर पर्ने र रोजगारीका अवसर घटेर अर्थतन्त्र सङ्कुचन हुने भएकाले तत्काल सरकारी हस्तक्षेप हुनुपर्ने सुझाव परिसङ्घले दिएको छ । रासस

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411