हिमालयन बैंकले ६ महिनामा नाफा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ कमायो

शुक्रबार, माघ २१, २०७३ साल,
काठमाडौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव १२ प्रतिशतले वृद्धि हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ८० करोड २२ लाख रुपैयाँ कमाएको थियो ।

हाल ६ अर्ब ४७ करोड ६३ लाख रुपैयाा चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलव ३४ प्रतिशतले वृद्धि गरि ९१ अर्ब ९ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ७५ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा २९ दशमलव ३१ प्रतिशतले वृद्धि हो ।

त्यस्तै खुद व्याज आम्दानीमा १६ दशमलव ०१ प्रतिशतले बढेर १ अर्ब ८० करोड ४६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफामा २७ दशमलव ५९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्रोभिजनमा ३ करोड ५० लाख रुपैयाँ राखेको छ ।

बैंक ९ज्द्यी० को प्रतिशेयर आम्दानी ३५ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २५ दशमलव ६६ गुणा, प्रति शेयर नेटवर्थ १ सय ७९ दशमलव १६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६३ प्रतिशत रहेको छ ।

निष्कृय कर्जातर्फ २ दशमलव २२ प्रतिशतले घटेर शुन्य दशमलव ९४ प्रतिशत पुगेको छ भने जोखिम युत्त सम्पति शुन्य दशमलव ०१ प्रतिशतले घटेर ११ दशमलव २५ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411