कामना विकास बैंकले ६ महिनामा ४ करोड ३४ लाख नाफा कमायो

बिहीवार, माघ २०, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा कामना विकास बैंकको नाफा १८० प्रतिशत बढेको छ । बैंकले पुससम्म नाफा बढाएर १० करोड रुपैयाँ पु¥याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४ करोड ३४ लाख रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसा छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरण अनुसार निष्क्रिय कर्जा अनुपात १.४८ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७८ प्रतिशत छ । निक्षेप र कर्जामा लिने ब्याज अन्तर ५.७ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप बढेको छ । ६ अर्ब ८९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो ।

यस्तै कर्जा लगानी पनि विस्तार भएको बैंकले जानकारी दिएको छ । पुससम्म बैैंकले ६ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेकोछ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७४ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको थियो । बैंकको चुक्तापुँजी ६६ करोड १६ लाख रुपैयाँ छ ।

आउँदो असारसम्म राष्ट्रियस्तरको विकास बैंकमा स्तरन्नोति गर्न बैंकले सेवा विकास बैंकसँग एकआपसमा गाभिने समझदारीपत्र ९एमओयु० मा हस्ताक्षर गरेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411