नेप्से ७ अंकले खस्कियो, १ सय ४० कम्पनीको ५४ करोड रुपैयाँको सेयर किनबेच

बिहीवार, माघ २०, २०७३ साल,
काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार हुने दिन भने ७ अंकले खस्किएको छ। अघिल्लो दिन ६३ अंकले बढेको नेप्से आज ७.३ अंकले झरेपछि १३ सय ८२ अंकमा कायम भएको छ। 
 
कारोबार सुरु हुँदा बढेको नेप्से १५ मिनेटमै १४ सय १६ अंकसम्म पुगेको थियो। त्यसपछि घटेको बजार १२ बज्दा १३ सय ७७ अंकसम्म झर्यो। मध्यान्ह १२ बजेपछि बजार सामान्य उक्लिएर अन्तिम समयसम्म स्थिर ट्रेन्डमा कायम रह्यो। 
 
विकास बैंकबाहेक सबै समूह ओर्लिएका छन्। १ सय ४० कम्पनीको ५४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भयो। कारोबारका आधारमा एसबिआई बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४ करोड १३ लाखको सेयर खरिदबिक्री भयो। बैंकले यसअघि घोषणा गरेको २८ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले कम्पनीको सेयर कारोबार उच्च भएको हो। 
 
नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख, प्रभु बैंकको २ करोड ९७ लाख र सानिमाको २ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। नेरुडे लघुवित्त र राप्तीभेरी विकास बैंकको सेयर मूल्य भने १० प्रतिशतको दरले बढेको छ।
 
सहयोगी विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी साढे ८ प्रतिशतले घटेको छ। त्यस्तै एनएमबि बैंकको संस्थापक सेयर मूल्य ६.७ प्रतिशतले घटेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411