युनाइटेड मोदीले १७ लाख २५ हजार कित्ता आइपीओ जारी गर्ने

बिहीवार, माघ २०, २०७३ साल,
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधरणका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । कम्पनीले यसै साता धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

 मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई दश प्रतिशत सेयर वितरण गरिसकेको छ ।  

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

स्थानियलाई सेयर वितरण गरेपछि अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गर्न लागेको हो । 

हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको हो ।

कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबर्द्वकमा एनआईबीएल क्यापिटल रहेको छ। कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ। 

२०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको पिपिए भइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411