वित्त बजारमा तरलता अभाव नभएको राष्ट्र बैङ्कको दाबी, बजारमा ३० अर्ब लगानीयोग्य रकम रहेको

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ ।

नेपाल बैङ्कर्स सङ्घले बुधवार आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैङ्कले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रू ३० अर्ब लगानीयोग्य रकम रहेको बताए । ‘ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो,’ उनले भने ।

अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उनले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैङ्क तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिए । केन्द्रीय बैङ्कले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको उनले बताए ।

 नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाइ भएको गुनासो गर्दै बैङ्क तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेका बताए । जथाभावी ब्याजदर नबढाउन आग्रह गर्दै उनले नुन तेल बेचेजसरी बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्न नसकिनेमा जोड दिए ।  

सङ्घका अध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरुलाई फिर्ता दिन बैङ्क तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैङ्कहरुसँग रकम अभाव रहेको बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411