आर्इएमर्इ यूएइबाट आईएमई मार्फत दुर्इ महिना भित्र पैसा पठाउँदा घडी उपहार

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं। संयुक्त अरव ईमिरेट्समा रहेका नेपालीहरुले आईएमई मार्फत नेपालमा पैसा पठाउँदा घडी उपहार पाउने भएका छन्।

यूएई स्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने आईएमईले जनाएको छ।

पहिलोपटक कारोबार गरेपछि दिईने कुपन देखाएर दोस्रो पटक कारोबार गरेमा मात्रै घडी उपहार पाईने छ। त्यसको लागि सेवाग्राहीले दुवै पटक कम्तिमा एकरएक हजार दिराम पैसा नेपाल पठाउनु पर्नेछ।

यो योजना यहि फेब्रुअरी महिनाबाट सुरु भई मार्च महिनाको अन्त्य सम्म लागु हुने कम्पनीले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411