नेप्से ६३ अंकले बढेयो, ६० करोड रुपैयाँको शेयर कारोबार

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ६३ अंकले उक्लिएको छ। कारोबार खुलेदेखि बढेको बजार अन्तिम समयसम्म कायम रह्यो।
 
यस दिन १ सय ३७ कम्पनीको ६० करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको मात्रै ८ करोड २२ लाखको सेयर किनबेच भएकोछ। त्यस्तै नेपाल टेलिकमको ६ करोड १७ लाखको कारोबार भयो।
 
जलविद्युत लगानी तथा विकास कम्पनीको ३ करोड ७० लाख, नेपाल बंगलादेशको २ करोड ३१ लाख, प्रभु बैंकको २ करोड २३ लाख र सानिमा बैंकको १ करोड ९७ लाखको सेयर कारोबार भई अग्रस्थानमा रहे।
 
यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ६४, होटल ४४, विकास बैंक ५६, जलविद्युत ८०, फाइनान्स १९, बिमा ३७६ र अन्य समूह २५ अंकले बढे। यस दिन ८ कम्पनीको सेयर मूल्य ९.९ देखि १० प्रतिशतको दरले बढ्यो।
 
स्वाभलम्वन विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, छिमेक लघुवित्त विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
 
गुमाउनेमा एनएमबि बैंकका संस्थापक सेयर अगाडि रहे। ति लगानीकर्ताले ९.७ प्रतिशतले मूल्य गुमाए। यस दिन ९ कम्पनीको सेयर मूल्य भने घटेको छ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411