एनसीसीले बढायो बचत खातामा ६.५ प्रतिशत ब्याज दिने

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा एनसीसी उत्सव बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

यस बचत खातामा डेबिट कार्ड निःशुल्क प्रदान गरिनुका साथै बैंकको ९६ वटै शाखाहरुबाट निःशुल्क रुपमा अन्तर शाखा कारोबार पनि गर्न सकिने बैंक ९ल्ऋऋद्य० ले बताएको छ ।

निक्षेपकर्ताहरुको लागी बैंकले रु १० हजारसम्मको निःशुल्क औषधोपचार बीमा पनि गर्ने बताएको छ । बचत खातामा अझ पनि ब्याजदर बढ्न नसकेको भन्ने गुनासाहरु आइरहेको बेला बैंकले बचत खातामा नै उच्च ब्याजदर प्रदान गरेर बचत गर्न अभिपे्ररित गरेको हो ।

साथै, यस बैंकले १ सय २० दिनको मुद्दती खाता खोल्ने ग्राहकलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्दती खाता पनि ल्याई सकेको छ ।

गत पुस १७ गतेदेखि चारवटा राष्ट्रिय स्तरका विकास बैंकहरु इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेण्ट बैंक गाभेको बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ९६ वटा शाखा संजालबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411