​ज्योति विकास बैंकको नाफा ६ महिनामा २२ करोड रुपैयाँ

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफामा १३ करोड ५४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८ दशमलव ७५ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा २८ करोड २८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २६ दशलमव ३५ प्रतिशतले वृद्धि गरी ९ अर्ब १२ करोड ९० लाख रुपैयाँ संकलन गरेर कर्जामा ८ अर्ब १ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ४६ दशमलव १६ प्रतिशतले वृद्धि हो । 

बैंकको खुद व्याज आम्दानीमा ४२ दशमलव ४० प्रतिशतले बढेर २२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ५९ दशमलव १३ प्रतिशत वृद्धि गरी १४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखिएको छ भने ३ करोड ४९ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ४० प्रतिशत रहेको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशतले बढेर १ दशमलव १९ प्रतिशत र जोखिम युत्त सम्पत्ति १ दशमलव २३ प्रतिशतले बढेर १५ दशमलव ३९ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411