​बैंक अफ काठमाण्डू लुम्बिनीको ६ महिनामा ६० करोड नाफा

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनीले चालु आर्थिका वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ८२ दशमलव ७० प्रतिशतले वृद्धि गरी ६० करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३२ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ छ । बैंकले जगेडाकोषमा २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ राखेको छ । 

बैंकले निक्षेपमा ७० दशमलव ७३ प्रतिशतले वृद्धि गरी ७० अर्ब रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ९३ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानीमा ८७ दशमलव ८० प्रतिशतले बढेर १ अर्ब ३० करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ७३ प्रतिशतले बढेर ८६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १५ करोड ४७ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ६ करोड ६ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निस्कृय कर्जा २ दशमलव ४२ प्रतिशतले घटेर १ दशमलव ५१ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति शुन्य दशमलव ८४ प्रतिशतले घटेर १३ दशमलव ०९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव ३७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २८ दशमलव ७४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ ।

लुम्बिनी बैंकसँग मजैर पुरा गरेर बनेको बैंक अफ काठमाण्डू लुम्बिनीले लगानीकर्ताहरुलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411