आज १६ अंकले बढ्यो नेप्से, ५२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार

मंगलवार, माघ १८, २०७३ साल,
काठमाडौं । सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार १६ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो ।

नेप्से सोमबार १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । वीमा र अन्य बाहेकका सबै समूह उकालो लागेको दिन मंगलबार सवैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ ।

त्यस्तै बंैकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकाश बंैक समूह ३ दशमलव ३२ समूहले बढेको छ । मंगलबार बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने मंगलबार केही घटेको छ ।

सोमबार ५३ करोड ६६ लाखभन्दा धेरैको सेयर किनबेच भएकोमा मंगलबार ५२ करोड ८५ लाखभन्दा धेरैको कारोबार भएको छ । मंगलबार सवैभन्दा धेरै गरिमा विकास बैंकको संस्थापक शेयर ३ करोड ६८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411