सेयरबजारमा एकैदिन ६५ अंकको भीषण पहिरो, साढे ५३ करोड रुपैयाँको सेयर कारोबार

सोमबार, माघ १७, २०७३ साल,
काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से ६५.४४ अंकले घटेर १३०९.७० अंकमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा आएको गिरावटले बजार उच्च अंकले झरेको हो ।

आज नेप्से ६५ अंकले बजार घट्दा एकदिनमै लगानीकर्ताको सम्पत्ति ७४ अर्बले घटेको छ । विहीबार १५ खर्ब ४७ अर्बमा रहेको बजार पूँजीकरण सोमबार १४ खर्ब ७३ अर्बमा झरेको छ । 


यसदिन वीमा समूह सबैभन्दा धेरै अंकले घटेको छ । बीमा समूह नै ५६० अंकले ओरालो लागेको छ । वाणिज्य बैंक ६०,होटल १२८, विकास बैंक ४९, जलविद्युत ७३, वित्त ३५ र अन्य समूह १५ अंकले झरेको छ ।

सोमबार १२३ कम्पनीका ११ लाख २६ हजार ४ सय ६५ कित्ता सेयर ५३ करोड ६६ लाख रुपैंयामा किनबेच भएका छन् । विहीबारको तुलनामा कारोबार रकम भने करिब दुई करोड बढी हो ।

बजारमा सबै सुचकहरु ओरालो लाग्दा पाँच कम्पनी बाहेक सबै कम्पनीहरुको सेयरमूल्य झरेको छ । यसदिन अढाई दर्जन बढी कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा झरेको छ । प्रुडेन्यिल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टि होटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक र समिट माइक्रोको सेयरमुल्य दश प्रतिशतका दरले घटेको छ ।

यसदिन अरुण फाइनान्स,ओरिन्टयल होटल, राष्ट्रिय बीमा कम्पनी,रिलायन्स फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकको सेयरमूल्य मात्र सामान्य उकालो लागेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411