टुरिजम डेभलप्मेन्ट बैंकले पौषमसान्तसम्म १४ करोड ६३ लाख रुपैयाँ नाफा कमायो

सोमबार, माघ १७, २०७३ साल,
काठमाडौं । टुरिजम डेभलप्मेन्ट बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको विवरण अनुसार यो अवधिमा १४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

बैंकले अघिल्लो वर्षको सोहि अवधिमा सात करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको सोहि अवधिलाई हेर्ने हो भने बैंकले यो अवधिमा आफ्नो नाफालाई शत प्रतिशत भन्दा पनि बढी बढाएको छ । 

बैंकले यो अवधिमा २६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ९१ करोड ९७ लाख रुपैयाँ चुक्त पुँजी भएको बैंकले रिजर्भ कोषमा ४८ करोड ६९ लाख रुपैयाँ राखेको छ । 

 बैंकले चार करोड २२ लाख ३८ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा चार करोड ९५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । 

टुरिजमले यो त्रैमासमा १० अर्ब ७४ करोड १३ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने नौ अर्ब २४ करोड १७ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा भएको बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको खराब कर्जालाई १.३० प्रतिशत रहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411