एनएमबिले ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुजको बैठक फागुन २४ गतेदेखि नेपालमा गर्ने

आईतवार, माघ १६, २०७३ साल,
काठमाडौं । ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुजको बैठक फागुन २४ गतेदेखि नेपालमा  हुने भएको छ । 

एनएमबि बैंकको मुख्य संयोजकत्वमा एफएमओ र ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) का सदस्य संस्थाहरुसँगको संयुक्त सहकार्यमा आउँदो फागुन २४ गते देखि २६ गतेसम्म ९ औं जिएबिभि वार्षिक सम्मेलन हुने भएको हो ।

बैठकले एशिया, अफ्रिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका, दक्षिण अमेरिका र युरोपका राष्ट्रहरुमा बैंक तथा वित्तिय संस्थाहरु संचालन गरिरहेका ४० वटा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कार्यकारीहरुसँग आपसी छलफल एवं परामर्श गर्ने अवसर प्रदान गर्नेछ ।

सम्मेलनको उद्देश्य स्थानीयहरुका लागि काम गर्ने, नाफा मात्र आर्जन गर्ने नभएर मुल्य मान्यतामा प्राथमिकता राख्ने संस्था यस्ता पनि बैंकहरु पनि छन् भने उदाहरण प्रस्तुत गर्नु रहेको बताइएको छ ।

बितेको २० बर्ष देखि एनएमबि बैंकले आत्मनिर्भर नेपाल भन्ने आफ्नो प्रतिबद्धता अनुरुप आफ्ना कार्यक्रमहरुलाई आत्मनिर्भरताको क्षेत्रमा केन्द्रित गर्दै आएको छ भने स्थानीय समुदायहरुलाई सहयोग पुग्ने खालका विभिन्न योजनाहरुमा लगानी गर्दै आएको पनि छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411