नेको इन्स्योरेन्सले ३२ लाख ४० हजार ४ सय कित्ता हकप्रद शेयर निष्कासन

शुक्रबार, माघ १४, २०७३ साल,
काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले १ बराबर १ कित्ता फागुन ३ गतेदेखि चैत ७ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ३२ लाख ४० हजार ४ सय ३६ दशमलव ३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  

कम्पनीको आगामी पुस १३ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैङ्कका  शाखा कार्यालयहरु चाबहिल कलङ्की, सूर्यविनायक, भक्तपुर, कुमारीपाटी, ललितपुर, तीनदोबाटो बनेपा, आदर्श नगर वीरगञ्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सूर्खेतरोड नेपालगञ्ज, रङ्गेलीरोड विराटनगर, महेन्द्रपथ धरान, र विर्तामोड झापाबाट पनि  आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू ६४ करोड ८० लाख ८७ हजार २ सय ६४ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411