नेप्से चार दिनमा ९० अङ्क घटेर १३७५ विन्दुमा, ५२ करोड रुपैयाँको कारोबार

बिहीवार, माघ १३, २०७३ साल,
काठमाडौं । पछिल्लो चार दिनको कारोबारमा शेयर बजार ९० दशमलव ७ अङ्कले घटेको छ । बिहीवार नेप्से परिसूचक २१ दशमलव ४७ अङ्कले घटेको हो ।

नेप्से परिसूचक १ दशमलव ५४ प्रतिशत घटेर १ हजार ३ सय ७५ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार रकम रू ५१ करोड ९२ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू १५ खर्ब ४७ अर्ब रहेको छ ।  

यस दिन नेप्सेमा कारोबार भएका कम्पनीमध्ये जम्मा १४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय १५ कम्पनीहरुको मूल्य घटेको छ ।

दिनभरिमा १ सय ३७ कम्पनीको ५ हजार ५ सय ६९ पटकको व्यापारबाट १० लाख ५२ हजार ८ सय ६९ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १ दशमलव ५६ प्रतिशत घटेर २ सय ९८ दशमलव ४८ अङ्क पुगेको हो ।

प्रभु बैङ्कको रू ३ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । यस वाणिज्य बैङ्कको शेयर मूल्य रू ३ ले घटेर रू ३ सय ६ पुगेको छ । यस बैङ्कको ४ सय ६१ पटकको कारोबारमा १ लाख ३ हजार १ सय ५३ कित्ता शेयर किनबेच भएको हो ।

साथै, सिद्धार्थ बैङ्क र नेपाल इन्भेष्टमेण्ट बङ्कको रू २ करोडभन्दा बढीको कारोबार भएको छ । यस दिन तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य ८ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी बैङ्कको संस्थापक शेयरको शेयर मूल्य १० प्रतिशतभन्दा बढी प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । ‘अन्य’ समूहको परिसूचक १ दशमलव ७८ प्रतिशत र बैङ्किङको १ दशमलव ७५ प्रतिशत घटेको छ ।

त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ३७ प्रतिशत र विकास बैङ्कको १ दशमलव २६ प्रतिशतले घटेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत र जलविद्युतको शून्य दशमलव २ प्रतिशत घटेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411