पहिलोपटक टेलिकमको फोर-जी सेवा आइतबारदेखि, तत्काल आइफोनमा नचल्ने

बिहीवार, पौष १४, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले आगामी आइतबारदेखि नेपालमै पहिलोपटक चौंथो पुस्ताको मोबाइल डाटा सेवा ‘फोर-जी’ सुरु गर्ने भएको छ । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा प्रारम्भ गर्न टेकिलमले अन्तिम तयारी गरिरहेको छ ।

आइतबार सेवाकाबारेमा टेलिकमले बिस्तृत जारीहरु सार्वजनिक गर्नेछ । तर, काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । टेलिकमको फोर जि सेवा आइफोन तत्काल चल्ने छैन ।

फोरजीको परीक्षणका क्रममा एप्पलका सेटमा फोरजी नचल्ने देखिएको छ । आइफोनका फोर-जी कम्प्याटेबल मोडलमा पनि फोरजी नचल्नुको कारण हो, कम्पनीको ‘सेक्युरेटी फिचर्स ।’


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411