लमजुङलाई ‘हाईड्रो मोडेल’ जिल्ला घोषणा गरिने

बुद्धबार, मंसिर २९, २०७३ साल,
लमजुङ । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ ।

पाँचाँै लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको हो ।

कार्यशाला गोष्ठीको पूर्वतयारी बैठक बसी जिल्लालाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणाको पहल गर्ने निर्णय गरिएको हो ।

बैठकमा सहभागी सांसद्, नेता, प्रशासक तथा अन्य सरोकारवालाले जिल्लालाई हाइड्रो मोडल जिल्ला घोषणाका लागि सरकारसँग विशेष पहल गर्ने सुझाव दिएका थिए । पर्याप्त जलविद्युत्को सम्भावना रहेको जिल्लामा पछिल्लो समय लगानीमैत्री वातावरण सृजना भएको भन्दै हाइड्रो मोडेल नमुना जिल्ला बनाउन आवश्यक पहल गर्ने निर्णय भएको हो ।

आगामी शनिबार हुने गोष्ठीमा जिल्लामा भएको जलविद्युत्को सम्भावना, हाल निर्माण भइरहेका आयोजना, जलविद्युत् निर्माणमा देखिएका समस्याबारे ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणका विशेष व्यक्तित्वलाई जानकारी गराइने भएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411