​भोली शुक्रबार रातिदेखि शनिबारसम्म टेलिकमका मोबाइल सेवा नचल्ने

बिहीवार, मंसिर २, २०७३ साल,
काठमाडौं । भोली शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा प्रभावित हुने भएका छन् । आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो ।

एक सूचना जारी गर्दै टेलिकमले शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने छ ।

टेलिकमले सिस्टम म्यानेजमेन्टका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति माफी मागेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411