​नेपाल टेलिकमको नाफा ४ अर्ब १४ करोड, प्रतिशेयर आम्दानी ११० रुपैयाँ

मंगलवार, कार्तिक ३०, २०७३ साल,
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले असोजसम्म कम्पनीले ४ अर्ब १४ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमाशमा दुरसञ्चारको नाफा १ अर्ब रुपैयाँ बढेको छ । गत आवमा कम्पनीले कुल १२ अर्ब १५ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । 

चालु आवको पहिलो त्रैमाशमा कम्पनीले ११ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा दुरसञ्चारले १० अर्ब ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा कम्पनीले ४३ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ । 

चालु आवको असोजसम्म कम्पनीको खर्च ५ अर्ब ७६ करोड ७७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १६ करोड २१ लाख रुपैयाँ गरेको थियो । गत आवमा कम्पनीले २६ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ११० रुपैयाँ बढी भएको छ । कम्पनीको सेयरपुँजी १५ अर्ब रुपैयाँ छ । कम्पनीको वचत साढे ७४ अर्ब रुपैयाँ बढी छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411