खानी होल्डमा कडाइ गरिँदै

मंगलवार, कार्तिक ३०, २०७३ साल,
काठमाडौं। सरकारले खानीहरु ‘होल्ड’ गरेर राख्नेलाई कडाइ गर्ने भएको छ । धेरै खानी होल्ड गरेर राख्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी नयाँ नीति बनाएर खडाइ गर्न लागेको हो । उद्योग मन्त्रालयले नीतिको मस्यौदा तयारी गरेर छलफल सुरु गरेको छ ।

नयाँ नीतिलाई आगामी पुस महिनाभित्र तयार गरेर लागू गर्न लागेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । पुरानो नियमावलीमा संसोधन गरेर नयाँ बनाउने प्रकृयामा भएको मन्त्री जोशीले बताए ।

खानीको लाइसेन्स लिएर बस्ने प्रवृत्ती रोक्न नयाँ नीति बनाउन लागेको बताइएको छ । नयाँ नीति अनुसार हाल कायम रहेको लाइसेन्स अवधिलाई कम गर्ने, तोकिएको समयवधि काम हुन नसके लाइसेन्स मझौला, साना खानीको प्रकृति अनुसार २ देखि ४ वर्षसम्मको अवधि हुन्छ । अनुमति प्राप्त व्यक्तिले प्रत्येक वर्ष खनिज कार्य गर्ने अनुमतिपत्र तोकिएको दस्तुर तिरी तोकिएको समयमा नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था रहेको आजको नागरिक दैनिकले खबर छापेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411