नाम मिल्दा अनाहकमा पाँच महिना जेल

शुक्रबार, कार्तिक २६, २०७३ साल,
काठमाडौं । फरार अभियुक्तसँग नाम र ठेगाना मिलेकै भारमा अनाहकमा एक निर्दोष व्यक्ति पाँच महिना १९ दिन जेल जीवन बिताउन बाध्य भएका छन् ।

सुन्दै अनौठो लाग्ने यो घटना सप्तरी जिल्ला अदालतको तहसिल शाखाको त्रुटी र लापरबाहीको कारण हुन गएको हो ।

अभियुक्तसँग नाम र उनको ठेगाना जुध्दा निर्दोष भएर पनिसप्तरीको कञ्चनरुप नगरपालिका ६ पिप्रा पूर्वटोल बस्ने फिरंगी मल्लाहका छोरा ५० वर्षीय रामफल मुखयिाले जेल बस्नुपर्यो ।

उनलाई ४ जेठ २०७३ मा जिल्ला अदालतबाट खटेको डोर कर्मचारीले पक्राउ गरेको आजको राजधानी दैनिकमा समाचार छ  ।

१३ कात्तिक, २०४२ मा अदालतले कञ्चनरुप नगरपालिका ६ पिप्रापूर्व टोल बस्ने रामफल मुखियालाई डाँका तथा थुनाबाट कैदी बन्दी भगाएको आरोपमा ६१ वर्ष ४ महिना १९ दिन कैद सजाय फैसला भएको थियो ।

त्यति बेलादेखि नै मुखिया फरार छन् । तर फरार अभियुक्तको खोजी र पक्राउ गर्ने क्रममा नाम र ठेगानामिलेकै भरमा अर्का निर्दोष व्यक्तिलाई जेलमा पु¥याइएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411