दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा थालिने

बुद्धबार, कार्तिक २४, २०७३ साल,
खोटाङ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलबार खोटाङ आएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसीकै मोडलमा सञ्चालन गरिने जानकारी दिए ।

सांसद पाँचकर्ण राई (पिके)लगायत जिल्लावासीले दूधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाकारुपमा राखेर कामलाई तीव्रता प्रदान गर्न माग राखेपछि तामाङले आयोजनालाई स्वदेशी मोडलमा सञ्चालन गर्न कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताए ।

खोटाङको लामीडाँडास्थित रभुवाघाटबाट उत्पादन गर्न लागिएको ३०० मेगावाट क्षमताको सो आयोजना रहेको छ ।

तीन वर्षअघिदेखि प्रक्रिया थालिएको दूधकोसी जलविद्युत आयोजनाका लागि अहिले सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइनिङ, जलाशय परीक्षणलगायतका काम भइरहेको छ । रासस

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411