सासेक अन्र्तगत नेपालका ३७ आयोजनामा ३० अर्ब डलर लगानी हुने

सोमबार, कार्तिक २२, २०७३ साल,
काठमाडौं । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको विभिन्न ३७ आयोजनामा ३० अर्ब अमेरिकी डलर लगानी हुने भएको छ । 

एसियाली विकास बैंक (एडीबी) ले सोमबार सार्वजनिक गरेको सासेक सञ्चालन योजनामा नेपालको सडक, ऊर्जालगायत विभिन्न परियोजनामा यो रकम लगानी हुन लागेको हो । आउँदो एक दशकमा ३० अर्ब डलर लगानी गर्ने उल्लेख गरिएको छ । आयोजना यो वर्षदेखि सुरु भई आगामी सन् २०२५ मा सम्पन्न हुने लक्ष्य लिएको एडीबीले जानाएको छ ।

सासेक अन्र्तगत सबैभन्दा बढी ऊर्जा आयोजनामा लगानी हुनेछ । ऊर्जाका विभिन्न १३ आयोजनामा मात्र २४ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ३७ मध्ये २४ वटा विभिन्न सडक आयोजना छन् । यी आयोजनामा ६ अर्ब डलर खर्च हुनेछ । ऊर्जा संकट गहिरिदै गएपछि सासेकले यस क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो । 

एडीबीले ऊर्जा, यातायात, व्यापार सहजीकरण र सूचना तथा सञ्चार प्रविधि गरी ९ अर्ब डलरको फोर थ्री सासेक आयोजनाहरु स्वीकृत गरेको जानकारी दिएको छ । सासेक योजनाको अर्थ मन्त्रालयका अन्तराष्ट्रिय समन्यव सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र नेपालका एडीबीका देशीय निर्देशक केनिची योकहमाले संयुक्त रुपमा सोमबार सार्वजनिक गरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411