​४१० मेगावाटको नलसिङगाड जलविद्युत कम्पनी ढाँचामा निर्माण गरिने लागत ७३ अर्ब ७३ करोड रुपैयाँ अनुमान

सोमबार, कार्तिक २२, २०७३ साल,
काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् ।

नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आईतबार दल्लीमा आयोजित कार्यक्रममा उनले सो आयोजना सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ऊर्जामन्त्री शर्माले आयोजनास्थलको स्थलगत निरीक्षणसमेत गरे । 

मुलुकका ९३ वटा जलाशययुक्त आयोजनामध्ये नलसिङगाड उत्कृष्ट भएको सो आयोजनाका कार्यकारी निर्देशक मोतीकुमार कुँवरले बताए । सन् २०१२ को प्रारम्भिक अध्ययनअनुसार ४१० मेगावाट क्षमताको सो आयोजना ७३ अर्ब ७३ करोड ९० लाखको लागतमा निर्माण गर्न सकिने उनले जानकारी दिए। 

आयोजनाअन्तर्गत सक्ला–१ अँधेरी खोलामा ६ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको २०० मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधदेखि खगेनकोट गाविसको काँडादल्लीसम्म कुल आठ हजार २१५ मिटर लामो सुरुङ निर्माण गरिने छ ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411