​भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणका क्रममा काठमाडौंमा, राष्ट्रपतिले गरिन स्वागत

बुद्धबार, कार्तिक १७, २०७३ साल,
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छाले स्वागत गरिन् । मुखर्जीको स्वागतार्थ उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि विमानस्थल पुगेका थिए ।   

उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए ।  

भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ । उनको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । 

राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले बुधबार नै शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411