​नेपाल आउँदै भारतीय राष्ट्रपति, सम्मानमा आज सार्वजनिक विदा, आज यी रुट छल्नुहोस

बुद्धबार, कार्तिक १७, २०७३ साल,
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो नेपाल आउँदै  छन्। 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ। राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम छ। 

 
मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ। अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए। 
 
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ। उनको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन्। 
 
राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले आजै शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

आज यी ठाउँमा सवारी आवागमनमा बाधा पुग्नेछ
बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग
 
अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग
 
अपराह्न १ः४५ देखि ३ः४५ बजे गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्र
 
साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्र। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411