निलम्बित भए लोकमान, महाअभियोग प्रस्तावमाथि संसदमा आजै छलफल हुने

बिहीवार, कार्तिक ४, २०७३ साल,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको केही घन्टा बित्न नपाउँदै उनी निलम्बनमा परेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १५७ जना सांसदले बुधबार साँझ कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै सभामुख ओनसरी घर्तिमगरले संविधान र संसदीय नियमावलीबमोजिम कार्कीको निलम्बन प्रक्रिया अघि बढाएकी हुन् ।

संसदका एकचौथाइ सदस्यले कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि महासचिवको कार्यालयले पत्राचार गरी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संवैधानिक परिषद र लोकसेवा आयोगको कार्यालयलाई जानकारी गराइसकेको छ ।

आज बिहीबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । बिहीबार संसदको दुई वटा बैठक बस्नेछ ।

पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् भने दोस्रो बैठकमा छलफल हुनेछ ।  संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको छ । अब संसदले महाअभियोग प्रस्तावमाथि सामान्य छलफल गरेपछि यो समितिमा पठाउँछ ।

समितिले महाअभियोग लागेका व्यक्तवसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायीक प्रक्रिया पुरा गरी प्रतिवेदन दिनेछ । र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसदमा निणर्याथ पेश हुन्छ र दुई तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411