नक्कली साँचो बनाई १० वटा गाडी लैजाने व्यक्ति पक्राउ

आईतवार, असोज ३०, २०७३ साल,
भक्तपुर । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल र सङ्घसंस्थाका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका  सवारी साधन नक्कली साँचो प्रयोग गरी पार्किङ गरिएको स्थानबाट चलाई अन्यत्र लगेर छाडी सवारी धनीलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठलाई बा२च ९०६६ नं को पजेरो जिप दरबारस्क्वायरबाट चलाई अन्यत्र लैजान लाग्दा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई प्रहरीले शनिबार केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411