प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, सी छिट्टै नेपाल भ्रमण गर्ने

आईतवार, असोज ३०, २०७३ साल,
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ भारतको गोवामा भेटवार्ता भएको छ ।

भेटमा प्रचण्डले सीलाई नेपाल भ्रमणका लागि विशेष अनुरोध गरेका छन् । चिनियाँ राष्ट्रपति सिले  नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको भन्दै जतिसक्दो चाँडो नेपाल भ्रमण गर्ने बताएका छन् ।

दुवै नेताबीच पञ्चशिल नितिको आधारमा तय गरिएको दुर्ई देशको दिपक्षिय सम्बन्ध सन्तोषजनक रहेको प्रतिक्रिया व्यक्त गरिएको छ ।

त्यस्तै विकासमा साझेदारी, पुर्वाधार निर्माण, सञ्जाल विस्तार, पारवाहन र व्यापार पर्वद्धन गर्ने बारेमा पनि भेटमा छलफल भएको छ ।

प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्टु मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डसँगको भेटवार्ताअघि सीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए।

ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड एयर इण्डियाको ए ३२० विमानको विशेष उडानबाट शनिबार दिउँसो गोवा पुगेका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411