डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?

मंगलवार, असोज १८, २०७३ साल,
काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज मंगलबार रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ ।

मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । डीभी विजेताको घोषणा आगामी मे महिनामा हुनेछ ।

आवेदन निःशुल्क हुने र डीभी चिट्ठाका लागि कुनैपनि शुल्क नलाग्ने दूतावासले जनाएको छ । यस्तै, कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले डीभी कसरी भर्ने र के–के चाहिन्छ ? भनेर आफ्नो वेबसाइटमा सम्पूर्ण विवरण उल्लेख गरेको छ । हामीले त्यसलाई जस्ताको तस्तै साभार गरेका छौं, तपाइँले तल पढ्न सक्नुहुनेछ ।

डिभी को आवेदन कसरी गर्ने ?

डिभिको आवेदन गर्न निशुल्क र सजिलो छ। तपाई आफै आवेदन भरि पैसा बचाउनुहोस्। अनि आवेदन पुरा गरि भरिएको निस्चित गर्नुहोस।

डिभिको आवेदन गर्न तपाईँलाई के आवश्यक पर्दछ?
  •  तपाईँ अनि तपाईँको श्रीमान्रश्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
  •  
  •  तपाईँ अनि तपाईँको श्रीमान्रश्रीमती र छोराछोरीको हालसालै खिचिएको २”X२” साइजको फोटो
  •  
  •  उच्च मध्यमिक परीक्षा उतीर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्यानुभव ।
  •  
  • डिभिको आवेदन गर्न सजिलो र निस्शुल्क छ। निम्न पाइलाहरू अपनाउनुहोस्स्

कुनै पनि इन्टरनेट भएको कम्प्युटरमा गई यो www.dvlottery.state.gov वेबसाइटमा जानुहोस् ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411