को को आए होटल संघ नेपालमा ?

मंगलवार, असोज १८, २०७३ साल,
काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा अमरमान शाक्य निर्वाचित भएका छन् । हानको राजधानीमा सम्पन्न ४५औं वार्षिक साधारण सभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

हानको अन्य पदाधिकारीमा निवर्तमान अध्यक्ष बीके श्रेष्ठ, प्रथम उपाध्यक्षमा सिर्जना राणा, द्वितीय उपाध्यक्षमा विनोदशंकर श्रेष्ठ, महासचिवमा विनायक शाह, कोषाध्यक्षमा सुनिल शाक्य निर्वाचित भएका छन् । यसैगरी, अन्य कार्यसमिति सदस्यहरूमा दिनेश विष्ट, प्रवीणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुरप्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सीपी श्रेष्ठ र असित राणा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रूपमा मान्यता दिन उच्चस्तरीय समिति गठन भई मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयमा पठाइएको परिप्रेक्ष्यमा उच्चस्तरीय समितिबाट दिइएका सुझावहरू अझसम्म कार्यान्वयन नभइराखेको सन्दर्भमा तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको विकास र विस्तारमा सबै पर्यटनसँग सम्बन्धित संघ संस्थाको सहकार्यमा आगामी दिनमा यसका प्रभावकारी योजनाहरू तर्जुमा गरेर अघि बढ्ने बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411