भ्रष्टाचार लुकाउन राजदूत बस्नेतले लगाए शाहमाथि आईएसको आरोप

मंगलवार, असोज १८, २०७३ साल,
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डा। निरञ्जनमान सिंह बस्नेतले भ्रष्टाचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहलाई आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता पठाएको तथ्य खुलेको छ ।

मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई गैरकानुनी रूपमा दिइएको ठेक्कामा साथ नदिएपछि प्रतिष्ठित व्यवसायी शाहलाई आतंककारीको अभियोग लगाई फिर्ता पठाइएको पाइएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

राजदूत बस्नेतले पत्र काटेर शाहलाई डिपोर्ट गर्न भनेपछि मलेसिया सरकारले पक्राउ गरी १४ दिन हिरासतमा राखेर नेपाल डिपोर्ट गरेको थियो । नेपाल ल्याएपछि भने उनलाई सार्वजनिक मुद्दा चलाइएको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई दुव्र्यवहार गरेको अभियोग लगाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरी सार्वजनिक मुद्दा चलाइएको थियो । ‘मलाई जुन अभियोग मलेसियामा राजदूतले लगाएर फिर्ता पठाउनुभयो, नेपाल आएपछि त्यो अभियोग लगाइएन, प्रहरीले राजदूतले भनेजस्तो अभियोग होइन भन्ने प्रमाणित गरदियो,’ अब को दोषी हो रु यसको छानबिन गरी कि मलाई अभियुक्त प्रमाणित गरियोस् कि आफ्नै देशको निर्दोष नागरिकलाई फसाउने राजदूतमाथि कारबाही होस्,’ शाहले भने ।

शाहले राजदूत बस्नेतले नेपालीको हितविपरीत काम गर्दै आर्थिक अनियमितता गरेपछि एनआरएनले विरोध गरेको र सोही कारण जसरी पनि मलेसियामा बस्न नदिने भन्दै पदीय दुरुपयोग गरी आईएसको सदस्य रहेको अभियोग लगाएर डिपोर्ट गराएको बताए । गैरकानुनी ठेक्का दिएर मलेसिया दूतावासकै परिसरमा कार्यालय राख्न निःशुल्क ठाउँ उपलब्ध गराएको विरोध गर्दा राजदूत बस्नेतले पदीय दुरुपयोग गरी आफूलाई फसाएको शाहको भनाइ छ ।

दूतावासले १२ सय ५० रिंगेटको रसिद दिएर २१ सयसम्म असुली गरी नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने कामको विरोध गरेकोलगायतका कारण रिसइबी साँध्न आतंककारी जस्तो अति संवेदनशील अभियोग लगाएर फसाउन खोजेको शाहले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411