शुभकामना कार्ड छापेर फजुल खर्च नगर्न निर्देशन

सोमबार, असोज १७, २०७३ साल,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ । शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411