काठमाडौंमा थप बिजुली ल्याउन समस्या, विद्युत् आपूर्तिमा गम्भीर समस्या हुने खतरा

सोमबार, असोज १७, २०७३ साल,
काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पुयाउन प्रसारण र वितरण लाइन अभाव छ ।

नेपालभित्रै उत्पादन भएको र भारतबाट आयात गरिएको बिजुली प्रसारण गरी उपभोक्ताको घरसम्म पु(याउने लाइन सुदृढीकरण नगरे विद्युत् आपूर्तिमा थप समस्या हुने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए ।

‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ । काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ ।

बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ । ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने । २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ । ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411