आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

सोमबार, असोज १७, २०७३ साल,
काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411