नारायणहिटी संग्रहालयबाट १९ करोड आम्दानी

आईतवार, असोज १६, २०७३ साल,
काठमाडौं । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ ।

स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी रहेको थियो । २०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो ।

पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ । यसलाई व्ययवस्था परिवर्तनपछि नारायाणहिटी संग्रहालय बनाइएको हो । आजको कारोबार दैनिकबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411