​सानिमा बैंकको वित्तीय साक्षरता अभियानमा सरस्वती कुञ्ज कलेजका विद्यार्थी सहभागी

शुक्रबार, फागुन २९, २०७१ साल,
 
काठमाडौं ।  सानिमा बैंकले युवा पुस्तालाई बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र महत्वको बारेमा जानकारी दिन शुक्रवार बैकिङ क्षेत्रमा विद्यार्थी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरस्वती कुञ्ज कलेजका २० भन्दा बढी विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा नेपालको बैकिङ इतिहास, बैकिङ तथा वित्तीय संस्थाको प्रकार, सम्पत्ति शुद्धिकरण र वचतको महत्वको बारेमा केन्द्रीत रहेर जानकारी दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले विगत दुई वर्षदेखि निरन्तर वित्तीय साक्षरता र सचेतना कार्यक्रम गर्दै आएको जनाउँदै यसलाई निरन्तर अघि बढाउने प्रतिवद्वता जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411