सञ्चुरी बैंकको ९.४७ प्रतिशत लाभांस पारित, २५ प्रतिशत हकप्रद सेयर

शुक्रबार, फागुन २९, २०७१ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चौथो वार्षिक साधारण सभाले ९.४७ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको साधारणसभाले ६ प्रतिशत वोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांस पारित गरेको हो । 
 
सभाले सर्वसाधारण सेयरधनीहरुबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । सभाले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
 
बैंकले गत पुस मसान्तसम्म २३ अर्ब ३८ करोड निक्षेप र १९ अर्ब ७६ करोड कर्जा लगानी गरेको छ । बैंकले यो अवधिमा १५ करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 
 
बैंकका ३१ वटा शाखा, २५ वटा एटिएम, ९ वटा शाखारहित बैंकिङ सेवा र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411