अर्थ मन्त्रालयमै अड्कियो उर्जा संकटकाल विधेयक

बुद्धबार, असोज ५, २०७३ साल,
काठमाडौं । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल्याउनुपर्ने उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ ।

८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र उर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको छ ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको छ तर हालसम्म मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा समेत पुगेको छैन ।

ढिलो गरी गत असारमा मात्र उर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411