​५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए बाट परीक्षण उत्पादन सुरु

बुद्धबार, भाद्र २९, २०७३ साल,
काठमाडौं  । लमजुङस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए ले परीक्षण उत्पादन सुरु गरेको छ । असोज १० बाट व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले विद्युत् उत्पादन गरी प्रसारण लाइनको समेत परीक्षण गरेको छ । 

आयोजनाले बाँध, गेट, बालुवा थिग्रयाउने डिसेन्डर, भूमिगत सुरुङ र विद्युत् गृहमा जडित टर्बाइनको परीक्षण गरिसकेको प्रवद्र्धक कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले जनाएको छ ।

प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरी परीक्षण थालेको आयोजनाका सहायक निर्देशक चाङ फा पिनले जानकारी दिए । ४३ महिनादेखि आयोजना निर्माणमा तल्लिन प्रवद्र्धक कम्पनी सिनोले आयोजनाको सम्पूर्ण परीक्षणको काम लगभग सम्पन्न गरिसकेको छ ।

आयोजनाको विद्युत् गृहमा जडित २५/२५ मेगावाट क्षमताका दुई वटा टर्बाइनमध्ये एउटालाई घुमाएर विद्युत् उत्पादन गरी प्रसारण लाइनको जाँच गरिएको छ ।

आयोजना र ठेकेदार कम्पनीबीच ६ महिनाअघि नै आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यावसायिक रूपमा विद्युत् उत्पादन थाल्ने सम्झौता भएको थियो । आयोजनाबाट वार्षिक ३१ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ  । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411