चार नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव

मंगलवार, भाद्र २८, २०७३ साल,

काठमाडौं । वाणिज्य मन्त्रालयले कोलकता र विशाखापटनम बन्दरगाहाबाट नेपालका ४ प्रमुख नाकामा रेलवे सेवा जोड्न भारतसँग प्रस्ताव गरेको छ । रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको हो ।

तेस्रो मुलुकबाट आयात हुने समानको ढुवानी बल्क कार्गौ र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाइएको हो । अहिलकेो पारवाहन सन्धिबमोजिम बल्क कार्गो कोलकता बन्दरगाहबाट वीरगन्ज नाकाबाट मात्र ल्याउन पाउने प्रावधान छ ।

बल्क कार्गोमा सिमेन्ट, तरकारी, फलफूल र मलमात्रै ल्याउन पाइन्छ । त्यस्तै रेलवे सेवा सम्झौताबमोजिम कोलकताबाट वीरगन्ज नाकामा मात्र रेलवेमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ । आजको कारोबार दैनिकबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411